मोरङमा स्कुल बस दुर्घटनाः एकको मृत्यु, ११ घाइते

मोरङ– मोरङको रंगेलीमा स्कुल बस दुर्घटनामा परेको छ । मोरङको लर्डबुद्ध कलेजका विद्यार्थी बोकेको बस दुर्घटनामा पर्दा एकजनाको मृत्यु भएको छ । ११ जना विद्यार्थी घाइते छन् । 

दुर्घटनामा बसका सहयोगी ३२ वर्षीय सानु साहको मृत्यु भएको हो । 

प्रहरीका अनुसार मे १ ख १४९० को बस घनपालथान गाउँपालिका वडा नम्बर(४ रामचोकमा अनियन्त्रित भएर पल्टिएको हो । घाइते विद्यार्थीको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ । 

बसका चालकका अनुसार बाक्लो हुस्सु लागेकोले विपरीत दिशाबाट आउँदै गरेको सवारी टाढैबाट देख्न नसक्दा बस अनियन्त्रित भई पल्टेको थियो ।





  • प्रकाशित मिति : माघ ९, २०७६ बिहीबार ११:३३:५०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया