एजेन्सी– चीनमा नयाँ भाइरस कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या १७ पुगिसकेको छ । चीनले यो भाइरस संक्रमण बढ्दै गएपछि वुहान सहरमा सबै सार्वजनिक यातायात बन्द गरेको छ । अहिलेसम्म त्यहाँ ५५० जनाभन्दा बढीमा यो संक्रमण देखिएको छ । त्यसैले यो विश्वकै लागि पनि नयाँ चुनौति बनेर उभिएको छ ।
चीनबाट आवतजावत गर्ने व्यक्तिहरुको संख्या झन्झन् बढ्दै गएकाले यसले विश्वमा नयाँ चुनौति खडा गरेको हो ।
हामीले विभिन्न एजेन्सीको सहयोगमा यसबारे सात प्रश्न र तीनको उत्तर यहाँ प्रकाशन गरेका छौँः
कोरोना भाइरस के हो ?
विश्व स्वास्थ्य संगठनका अनुसार कोरोना भाइरस त्यो भाइरस हो जसले सामान्य रुघाखोकीदेखि मिडल इस्ट रेस्पिरेटरी सिन्ड्रोममा असर पार्५ । त्यसका कारण अन्य समस्याहरु प्नि देखिँदै आएका छन् ।
यो भाइरस जनावरबाट मानिसमा र मानिसबाट जनावरमा पनि सर्न सक्छ । यसका कारण स्वासप्रस्वासमा समस्या देखिन्छ ।
कतिपय कोरोना भाइरस पहिले नै जनावरमा देखिएका थिए तर ती भाइरस मानिसमा सरेका थिएनन् ।
७ जनवरीमा पहिलो पटक चीनमा यो भाइरस देखिएको थियो ।
त्यसैले यसबारे अहिलेसम्म यथेष्ठ जानकारी आइसकेको छैन । तर, यो मानिसबाट मानिसमा सर्ने कुरा चाहिँ कन्फर्म भइसकेको छ ।
के हुन् लक्षण ?
विश्व स्वास्थ्य संगठनका अनुसार यसका कारण सासप्रश्वासमा समस्या देखिन्छ, ज्वरो आउँछ, खोकी लाग्छ र सास फेर्न गाह्रो हुन्छ । यसका कारण निमोनिया हुने सम्भावना बढ्छ र मिर्गौला फेल हुन पनि सक्छ । त्यसैले यो भाइरस लागेपछि मृत्यु हुने सम्भावना बढी हुन्छ ।
कति खतरानक छ ?
यो सार्स कोरोना भाइरसजस्तो खतरानक त छैन तर यो भाइरस संक्रमण भएपछि अहिलेसम्म एक तिहाई मानिसको मृत्यु भइसकेको छ । सार्स कोरोना भाइरस पनि सन् २००२ मा चीनमा नै पहिलो पटक देखिएको थियो । यसका कारण त्यहाँ ८ सयभन्दा धेरै जनाको मृत्यु भइसकेको छ ।
कहाँ देखिएको छ ?
अधिकांश यो भाइरसको संक्रमण चीनमा देखिएको छ । चिनियाँ अधिकारीहरुले अहिलेसम्म १७ जना यो भाइरसका कारण निधन भएको बताएका छन् । ५ सयभन्दा धेरै जनामा यो संक्रमण देखिइसकेको छ ।
चीनबाहेक यो भाइरस थाइल्यान्ड, दक्षिण कोरिया, ताइवान, जापान र अमेरिकामा पनि देखिएको बताइएको छ । तर, यी देशमा वुहानबाट नै गएका व्यक्तिहरुमा यो संक्रमण देखिएको हो ।
यसलाई रोक्न के गरिएको छ ?
अहिलेसम्म यो भाइरसका लागि भनेर कुनै खोप वा भ्यक्सिन बनिसकेको छैन । त्यसैले चिनियाँ अधिकारीहरुले वुहान बन्द गराएका हुन् । विश्वभरका विमानस्थलहरुमा अब चेकिङ कडा बनाइँदै छ ।
अब के ?
बिहिबार विश्व स्वास्थ्य संगठनले यसबारे विशेष बैठक बोलाएको छ । उसले विश्वभर यसका कारण आपतकालीन अवस्था लागु गर्न सक्ने अनुमान गरिएको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।