साझा यातायातलाई दिएको ३ अर्ब रुपैयाँ ब्याजसहित फिर्ता लिने सरकारकाे निर्णय

काठमाडौं– घाटामा गई निर्धारित समयमा बस खरिद गरी सञ्चालन गर्न नसकेको साझा यातायातलाई यसअघि सरकारले दिएको दिएको ३ अर्ब रुपैयाँ ब्याजसहित फिर्ता लिने भएको छ । सरकारले साझा यातायातलाई ३ सय वटा विद्युतीय बस खरिद गरी सञ्चालनका लागि सेयरबापत ३ अर्ब रुपैयाँ दिएको थियो ।

माघ ६ गते बसेको मन्त्रिपरिषदको बैठकले साझा यातायात प्रालिलाई विद्युतीय बस खरिद गर्नका लागि दिएको रकम फिर्ता गर्ने निर्णय गरेको हो । मन्त्रिपरिषदको निर्णय सार्वजनिक गर्न बिहीबार आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बाँस्कोटाले सोबारे जानकारी दिएका हुन् ।

मन्त्रिपरिषदले विद्युतीय बस खरिदका लागि भौतिक तथा यातायात मन्त्रालयलाई सैद्धान्तिक सहमति दिने निर्णय पनि गरेको छ । प्राविधिक विवरण लागत अनुमानसहित सर्त समेत तय गर्न सैद्धान्तिक सहमति दिने निर्णय भएको हो । 

मन्त्रिपरिषदको निर्णयअनुसार त्यसका लागि अर्थ मन्त्रालयले भौतिक पूर्वाधार मन्त्रालयलाई ३ अर्ब दिनेछ । 





  • प्रकाशित मिति : माघ ९, २०७६ बिहीबार १७:९:४०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया