सुमन पोखरेलको यो कमेडी

काठमाडौं– कमेडी रियालिटी सो कमेडी च्याम्पियनले आजभोलि सामाजिक सन्जालमा निकै चर्चा बटुल्न थालेको छ । यही सोका एक प्रतिस्पर्धी सुमन पोखरेलले दिएको कमेडीले त झन् पछिल्ला दिन सामाजिक सन्जाल तातेको छ ।

सुमनले यो एपिसोडमा जग्गा दलालको नक्कल गर्दै प्रस्तुति दिएका थिए । उनले जग्गा दलाली गर्नेहरु छिटो समयमा नै धेरै पैसा कमाउने मात्र नभएर यसमा नेताहरुको पनि संलग्नता रहेको कुरालाई गतिलो झापड हानेका छन् । 

‘म त मालपोतको पार्टटाइम कर्मचारी हो नि,’ उनले भनेका छन्, ‘यो दलाली पेसामा लागेपछि जीवन त तलबाट माथि पुग्दो रहेछ नि ।’

यतिमात्र होइन, प्रदेशका राजधानी तोक्ने काममा समेत दलाल संलग्न भएको कुरालाई सुमनले कसेर व्यंग्य गरेका छन् । अनि यसमा ठूला मानिसहरुको संलग्नता भएको कुरा पनि उल्लेख गरेका छन् । 

कतिसम्म भने सुमनले एउटा चार रोपनी जग्गा बेच्न शेरबहादुर देउवा, केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डमा गएको भन्दै व्यंग्य गरेका छन् । ‘केपी बाले त म बाहिरको दलाल हायर गर्दिनँ, मेरो काम त विष्णु भाइले हेर्छ,’ सुमनले व्यंग्य गरेका छन् । 

कार्यक्रममा पूर्वमिस नेपाल श्रृङ्खला खतिवडा र माल्भिका सुब्बाको पनि उपस्थिति थियो । कमेडी च्याम्पियनको अहिले सम्मका श्रृङ्खलामा चारै जना जजले स्टान्डिङ ओभेसन उनको यही प्रस्तुतिलाई दिएका थिए । 



यहाँ क्लिक गरेर हेर्नुस् उनकाे कमेडी । 



  • प्रकाशित मिति : माघ ९, २०७६ बिहीबार १७:४६:१६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया