सहिद स्मारक ‘ए’ डिभिजन लिग : मनाङ–सरस्वती तथा च्यासल–ब्रिगेडबीच भिडन्त

काठमाडौं– सहिद स्मारक ‘ए’ डिभिजन लिगअन्तर्गत शुक्रबार दुई खेल हुँदै छन् । आठौँ चरणअन्तर्गत पहिलो खेलमा साविक विजेता मनाङ मर्स्याङ्दी क्लब र सरस्वती युथ क्लब बीच खेल हुनेछ । साे खेल मध्याह्न १२ बजे सुरु हुनेछ ।

दिउँसाे ३ बजे दोस्रो खेलमा च्यासल युथ क्लब र ब्रिगेड ब्वाईज क्लबबीच प्रतिस्पर्धा हुँदै छ । दुवै खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने एन्फाले जनाएको छ ।

मनाङ ७ खेलमा ३ जित र ४ बराबरी खेल्दै १३ अंकसहित अंक तालिकाको चौथो स्थानमा छ । सरस्वती उति नै खेलबाट १ अंक जोड्दै पुछारमा छ  । 

यस्तै ब्रिगेड ८ अंकसहित नवौँ स्थानमा रहेको छ भने ६ अंकसहित च्यासल १२औँ स्थानमा छ ।





  • प्रकाशित मिति : माघ १०, २०७६ शुक्रबार ११:४४:३७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया