पहिलो त्रिकोणात्मक एक दिवसीय सिरिजका लागि नेपाली राष्ट्रिय टोलीको घोषणा

काठमाडाैं– आइसिसी विश्व क्रिकेट लिग–२ अन्तर्गत घरेलु मैदानमा हुन लागेको पहिलो त्रिकोणात्मक एक दिवसीय सिरिजका लागि नेपाली राष्ट्रिय टोलीको घोषणा भएको छ । 

नेपाल क्रिकेट संघ (क्यान)ले शुक्रबार (आज) ज्ञानेन्द्र मल्लको कप्तानीमा १४ सदस्यीय राष्ट्रिय टोलीको घोषणा गरेको हाे । 

दुई खेलाडीले पहिलोपटक एकदिवसीय नेपाली टोलीमा स्थान बनाउन सफल भएका छन् । अलराउण्डर सोमपाल कामीको स्थानमा कमलसिंह ऐरी तथा स्पिनर वसन्त रेग्मीको स्थानमा सुशन भारीले पहिलोपटक राष्ट्रिय टिममा स्थान बनाउन सफल भएका हुन् ।

सोमपालल कामीको स्वास्थ्य स्थिति कमजोर भएका कारण सिरिज खेल्न नसक्ने भएका छन् । केही महिनापहिले सोमपालमा भिटामिन ‘डी’को कमी देखिएको थियो, जसको कारण शरीरका मसल्स कमजोर भएकाले उनले यो सिरिज खेल्न नसक्ने भएका हुन् । 

त्यस्तै, वसन्त रेग्मीले पारिवारिक कारणले गर्दा यो सिरिज नखेल्ने भएका छन् । उनी २४ सदस्यीय प्रारम्भिक टोलीमा रहेता पनि पुत्रीलाभ भएका कारण प्रशिक्षणमा सहभागी थिएनन् । त्यसैले उनी टिममा पनि परेका छैनन् । 

यस्तो छ नेपाली टोली   
ज्ञानेन्द्र मल्ल (कप्तान), दीपेन्द्रसिंह ऐरी (उप–कप्तान)
पारस खड्का, सन्दिप लामिछाने, करण केसी, आरिफ शेख, विनोद भण्डारी, अभिनाश बोहोरा, कुशल मल्ल, कमलसिंह ऐरी, सुशन भारी, रोहित पौडेल, शरद भेषवाकर, ललितनारायण राजवंशी
वैकल्पिक खेलाडी :  पवन सरार्फ, सुवास खकुरेल, किशोर महतो, सन्दीप जोरा ।



ओमान र अमेरिका सम्मिलित त्रिकोणात्क सिरिज यही माघ २२ देखि २९ सम्म कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा हुँदै छ । सिरिजमा प्रत्येक टोलीले एक–अर्कासँग २–२ वटा खेल खेल्नेछन् । नेपालले माघ २२मा ओमानसँग खेल्दै सिरिजको सुरुवात गर्नेछ । 

यस्तो छ सिरिजको खेल तालिका 



माघ २२ : नेपालविरुद्ध ओमान 
माघ २२ : ओमानविरुद्ध अमेरिका
माघ २५ : नेपालविरुद्ध अमेरिका
माघ २६ : नेपालविरुद्ध ओमान 
माघ २८ : अमेरिकाविरुद्ध ओमान
माघ २९ : नेपालविरुद्ध अमेरिका

  • प्रकाशित मिति : माघ १०, २०७६ शुक्रबार १३:१६:४४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया