एनआईसी एशिया बैंकले गर्यो साग विजेता एपिएफका खेलाडी नगद सहयोग

काठमाडौं– उत्तरदायी बेैकिङको अभ्यास गर्दै आइरहेको एनआईसी एशिया बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत सशस्त्र प्रहरीको १९ औं स्थापना दिवसको उपलक्ष्यमा नेपाल एपीएफक्लबका १३ औं दक्षिण एशियाली खेलकुद प्रतियोगिता–२०७६ मा सहभागी भई विभिन्न विधाका पदक विजेता खेलाडीहरुलाई नगद पुरस्कार स्वरुप रु. ९,९५,००० प्रदान गरेको छ । 

एनआईसी एशिया बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत श्री सन्तोष कुमार राठीले एपिएफ क्लबका अध्यक्ष सशस्त्र प्रहरी उपरीक्षक श्री तुलसी राम दाहालज्यूलाई चेक हस्तान्तरण गरेका हुन् । कार्यक्रममा सशस्त्र प्रहरी बलका महानिरीक्षक श्री शैलैन्द्र खनाल प्रमुख अतिथिका रुपमा उपस्थित थिए ।

एनआइसी एशिया बैंकले पछिल्लो समय देशभर ३१३ शाखा कार्यालय, ४३० एटिएम, १०४ एक्सटेन्सन काउन्टर तथा ४७ वटा शाखारहित बैंकिङमार्फत् सेवा प्रदान गर्दै आइरहेको छ ।  

२१ लाखभन्दा बढी ग्राहक भएको यो बैंकका प्रमुख वित्तीय परिसूचकहरु अत्यन्त उत्साहप्रद रहेको बैंकले जनाएको छ ।

बैंक पनि, साथी पनि, राम्रो पनि, हाम्रो पनि मूल नारा सहित सहज, सबल, गतिशील, विश्वसनीय र उत्तरदायी बैंकिङ्गको अभ्यास गर्दै आएको यस बैंकले प्रत्यक्ष र अप्रत्यक्ष गरी गत आर्थिक वर्षमा करिब रु ३ अर्ब १५ करोड भन्दा बढी राजश्व नेपाल सरकारलाई बुझाइसकेको छ भने वित्तीय समावेशीकरणका लागि बैंक तथा वित्तीय संस्थाहरुको न्यून उपस्थिति रहेको मुगु, कालिकोट, बझाङ, रुकुम, जुम्ला, सल्यान लगायतका दुर्गम जिल्लाहरु तथा कुनै पनि बैंक तथा वित्तीय संस्थाहरु नपुगेका ३४ भन्दा बढी स्थानीय निकायहरुमा शाखा विस्तार गरी सञ्चालन गर्दै आइरहेको छ । 
 





  • प्रकाशित मिति : माघ ११, २०७६ शनिबार ११:४४:१४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया