सम्बन्धविच्छेदपछि ऋतिक–सुजैन सम्बन्ध

एजेन्सी– बलिउड अभिनेता ऋतिक रोशन र उनकी पूर्वपत्नी सुजैन खानले एकअर्कासँग नबस्ने निर्णय गर्दै सम्बन्धविच्छेद गरे । तर, उनीहरुको सम्बन्ध आज पनि उस्तै राम्रो छ । यतिमात्र होइन, यी दुई त बेलाबखत आफ्ना छोराहरुसँग बिदा मनाउन पनि सँगै गइरहेका हुन्छन् । 

अहिले यही विषयमा ऋतिक रोशनले दिएको एउटा अन्तर्वार्ताले खुबै चर्चा पाएको छ । ऋतिकले अन्तर्वार्तामा भनेका छन्, ‘यो एउटा अत्यन्त राम्रो सम्बन्ध हो, हामी पहिले पतिपत्नी थियौँ, अहिले साथी बनेका छौँ, यो पनि समझदारीमा नै भएको हो ।’

उनले कुनै समय प्रेम गरेको मानिसलाई कहिल्यै पनि हेला गर्न नसकिने पनि बताएका छन् । ‘पहिले प्रेम हुनु भनेको पछि पनि प्रेम हुनु नै हो,’ उनले भनेका छन्, ‘पहिलेको प्रेममा अब नयाँ सम्बन्ध खोजिरहनु आवश्यक हुँदैन ।’

केही समयपहिले सुजैनले पनि ऋतिकसँगको सम्बन्धबारे आफूहरु राम्रो साथी भएको बताएकी थिइन् । ‘हामी अब एकसाथ रहन त सक्दैनौँ,’ उनले भनेकी थिइन्, ‘तर, आवश्यक पर्दा हामी एकअर्काका लागि साथी हौँ, जहाँ जतिबेला पनि हाजिर हुन्छौँ ।’





  • प्रकाशित मिति : माघ ११, २०७६ शनिबार २२:१९:१३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया