अमेरिकामा लुकेकाे भनिएकी उपमेयर नेपालीकाे बयान : म अमेरिकामा लुकेको होइन, बिरामी भएर उपचार गराउँदै छु

काठमाडौं– कालीकोट तिलागुफा नगरपालिकाकी उपमेयर दन्ता नेपाली दर्शनाले स्वास्थ्य समस्याका कारण नेपाल फर्कन नसकेको स्पष्टीकरण दिएकी छन् । उपमेयर नेपाली अमेरिका पुगेर लुकेको भनेर विभिन्न सञ्चारमाध्यममा समाचार आएपछि उनले स्पष्टीकरण दिएकी हुन् । 

बिरामी भएको जानकारी गराउन आफूले बारम्बार फोन गर्दा पनि मेयरले नउठाएको उनको दाबी छ । उपमेयर नेपाली अमेरिकामा आयोजित एक गोष्ठीमा भाग लिन गत कात्तिकको सुरुमै अमेरिका गएकी थिइन् । 

तिलागुफाका मेयर रतन शाहीले एक महिनादेखि उपमेयर आफ्नो सम्पर्कमा नरहेको र उनको उनको फेसबुक अकाउन्ट पनि निष्क्रिय रहेको भन्दै सञ्चारमाध्यमलाई जानकारी गराएका थिए । 

आफूमाथि आरोप लागको थाहा पाएपछि उपमेयर नेपालीले आफू बिरामी भएर नेपाल फर्किन नसकेको र उपचारका लागि अझै ५ महिना लाग्ने उल्लेख गर्दै फेसबुक स्टाटस लेखेकी हुन् । फेसबुक स्टाटसमा उनले आफ्नो घाउमा नुन–खुसार्नी नछर्कन पनि अनुरोध गरेकी छिन् ।

यस्तो छ उनको स्टाटस





  • प्रकाशित मिति : माघ १२, २०७६ आइतबार १२:५८:३१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया