सिन्धुली– झापाबाट काठमाडौं जाँदै गरेको बा४ख ६९६ नंको माइक्रोबस बिपी राजमार्गअन्तर्गत सिन्धुलीको कमलामाई नगरपालिका–२ भद्रकाली ढुंग्रेभञ्ज्याङमा दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालय सिन्धुलीका अनुसार सो दुर्घटनामा मध्यपुरथिमी नगरपालिका–११ गठ्ठाघर निवासी ३८ वर्षीय मोहन महर्जनको आज बिहान मृत्यु भएकाे हाे ।
दुर्घटनामा घाइते भएका २० यात्रुको सिन्धुलीको विभिन्न अस्पतालमा उपचार भइराखेको छ । मृत्यु भएका कार्की सो बसका सवारीधनीका साथै चालक पनि हुन् । बाक्लो हुस्सु र तीव्रगतिका कारण माइक्रोबस सडकबाट अन्दाजी ३५ मिटर तल खसी दुर्घटना भएको थियो ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।