एजेन्सी– पछिल्लो समय महिला हिंसाका घटनामा बढोत्तरी भइरहेका छन् । भारतमा त झन् पछिल्ला महिना अत्यन्त दुखद घटना आइरहेका छन् । अब उत्तर प्रदेशको बरेली सहरबाट पनि यस्तै एउटा घटना बाहिर आएको छ । चार जना मिलेर आफ्नै साथीकी पत्नीलाई बलात्कार गरेको घटना बाहिर आएको हो ।
बिहिबार यी चारजना विरुद्ध एक महिलाले उजुरी दिएकी हुन् । उनले आफ्नो उजुरीमा उनका छिमेकीहरु उनी एक्लै हुँदा घरमा आएको र आफूलाई पेस्तोल देखाएर बलात्कार गरेको आरोप लगाएकी छिन् ।
ती महिलाका पति केही समयअघि नै एक किलो लागुऔषधसहित पक्राउ परेका थिए ।
ती महिलाले आरोप लगाएका चारै जना फरार रहेको बताइएको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।