६ हजार धरौटीमा छुटे मनाङे

कास्की– गण्डकी प्रदेशका सांसद राजीव गुरुङ उर्फ दीपक मनाङे ६ हजार धरौटीमा छुटेका छन् । उनलाई जिल्ला प्रशासन कार्यालय कास्कीले आइतबार धरौटीमा छोड्ने निर्णय गरेको हो । उनी बिहिबार पक्राउ परेका थिए ।

उनीमाथि सार्वजनिक अपराध गरेको आरोप लागेको थियो । उनले ७ माघमा मुख्यमन्त्री कप फुटबल प्रतियोगिताको उद्घाटन समारोहमा कास्कीका फुटबल संघका अध्यक्ष मिलन गुरुङलाई झापड हानेका थिए । 

भोलिपल्ट पक्राउ गर्दै मनाङेले आफूले ठिक गरेको दाबी पनि गरेका थिए । 

त्यसपछि अध्यक्ष गुरुङले उनलाई सार्वजनिक अपराध ऐन अन्तर्गत कारबाही गर्न माग गर्दै जाहेरी दिएका थिए ।





  • प्रकाशित मिति : माघ १२, २०७६ आइतबार १९:०:१७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया