क्याट्रिनाले भनिन्– प्रेम र धोकाले सबै सिकाइदियो

एजेन्सी– बलिउड अभिनेत्री क्याट्रिना कैफ पछिल्लो समय भारतीय सन्चारमाध्यम र सामाजिक सन्जालमा निकै छाउन थालेकी छिन् । 

उनले भारतीय न्युज एजेन्सीलाई एक अन्तर्वार्ता दिएकी छिन् । त्यसमा आफ्नो जीवन, जीवनमा आफूले गर्नु परेको संघर्षबारे उनले खुलेर कुरा गरेकी छिन् । उनले सन् २००९ मा ‘अजब प्रेमकी गजब कहानी’ खेल्दा आफ्नो जीवनको सुन्दर क्षण भएको पनि बताएकी छिन् ।

उनले अन्तर्वार्तामा भनेकी छिन्, ‘मैले आफैंमा अहिले सकारात्मक परिवर्तन आएको महसुस गरेकी छु । जीवन सुन्दर छ । मैले पछिल्ला केही वर्षमा निकै धेरै कुराहरु अनुभूत गर्न पाएकी छु । मैले भावना, दुःख, प्रेम र धोकाबाट धेरै सिक्न पाएकी छु । आफ्नो जीवनमा प्रेम र धोकाबाट कसरी खुसी हुने भन्ने पनि सिक्न पाएकी छु ।’





  • प्रकाशित मिति : माघ १२, २०७६ आइतबार १९:४८:४१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया