इन्जिनियर पतिले टुप्पी नकाटेपछि एमबिए पत्नीले गरिन् सम्बन्धविच्छेद

एजेन्सी– यो दुनियाँ बढो अनौठोको छ । मानिसहरुमा विभिन्न रहर छन् र सम्झौताहरुका लागि विभिन्न सर्त पनि । त्यस्तै एउटा समाचार छ, भारतको । एक ब्राह्मण परिवारका पुरुषले टुप्पी पाल्दा निकै ठूलो समस्यामा उनी परेका छन् । कतिसम्म भने उनको परिवार नै विग्रहमा पुगेको छ । 

भारतमा एक महिलाले आफ्ना पतिले टुप्पी पालेको भन्दै सम्बन्धविच्छेदका लागि निवेदन दिएकी छन् । उनले टुप्पी पाल्ने आफ्ना पति गँवार देखिएको भन्दै यस्तो आवेदन दिएकी हुन् । टुप्पी पालेका ती व्यक्ति इन्जिनियर हुन् भने टुप्पीका कारण अलग्गिन खोज्ने पत्नी एमबिए पास युवती हुन् । 

यी दुईको विवाह तीन वर्ष पहिले भएको थियो । दुई वर्षअगाडि ती युवाको आमा र बुबाको मृत्यु भएको थियो । सडक दुर्घटनामा परि आमाबुबाको मृत्यु भएपछि ती व्यक्तिले टुप्पी पाल्ने संकल्प लिएका थिए । तर, टुप्पी पालेपछि आफ्ना श्रीमान्लाई सबैले पन्डितजी भन्न थालेको र त्यही कारणले आफू लज्जित हुन परेको ती युवतीले बताएकी छिन् ।

अब सम्बन्धविच्छेदका लागि आवेदन दिएपछि त युवाले पनि आफूले टुप्पी काट्दै नकाट्ने बताएका छन् । यही कारण पत्नी ६ महिनादेखि माइती गएको पनि ती युवाले बताएका छन् । आफूले धार्मिक मान्यताअनुसार टुप्पी पालेकाले यसबारे कुनै पनि विकल्प वा सर्त आफूलाई मान्य नहुने ती युवाले बताएका छन् ।





  • प्रकाशित मिति : माघ १२, २०७६ आइतबार २०:१:२५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया