गायिका आस्था राउत प्रहरी नियन्त्रणमा

काठमाडौं– गायिका आस्था राउतलाई प्रहरीले नियन्त्रणमा लिएको छ । उनी स्वयं आफन्तहरुसँग प्रहरी कार्यालय पुगेकी थिइन् । 

त्रिभुवन विमानस्थलमा कार्यरत प्रहरी जवान रमिला श्रेष्ठले उजुरी दिएको आधारमा आस्थालाई प्रहरीले नियन्त्रणमा लिएको हो । केही समयअघि उनले विमानस्थलमा कार्यरत कर्मचारीमाथि दुव्र्यवहार गरेको आरोप लागेको थियो ।

आज विहान नै उनलाई आफन्तले लिएर प्रहरी कार्यालय पुगेका हुन् । प्रहरीले अब कानुनी प्रक्रिया सुरु हुने बताएको छ ।

माघमा भद्रपुरका लागि उडान भर्नुअघि आस्थाले विमानस्थलमा प्रहरीसँग भनाभन गरेकी थिइन् । पछि उनले सामाजिक सन्जालमा आफ्ना असन्तुष्टि पोखेकी थिइन् । उनलाई प्रहरीलाई भिडियोमा गाली गरेकी थिइन् । 

पछि विमानस्थलको सीसीटिभी भिडियो नै मिडियामार्फत सार्वजनिक गरेको प्रहरीले राउतमाथि अभद्र व्यवहारको मुद्दा दर्ता गरेको थियो ।  सोहीअनुसार माघ १३ गते आस्थालाई पक्राउ गर्न जिल्ला प्रशासन कार्यालयले अनुमती दिएको थियो । 

प्रहरीले अब राउतलाई जिल्ला प्रशासनमा उपस्थित गराउनेछ । त्यहीँबाट उनी प्रहरी नियन्त्रणमा नै रहने वा रिहा हुने प्रक्रिया अघि बढ्नेछ ।





  • प्रकाशित मिति : माघ १३, २०७६ साेमबार १०:७:२३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया