काठमाडाै– प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघ (नेवि संघ)का नेताहरुबीच सोमबार दिउँसो कुटपिट भएको छ ।
पार्टीको संस्थापन पक्षले विधान विपरित नेवि संघको नेतृत्व चयन गर्न लागेको भन्दै विरोध प्रदर्शन गरिरहेका महासचिव कुन्दनराज काफ्लेमाथि हातपात गरेको हो । नेवि संघको विधानमा केन्द्रीय पदाधिकारी ३२ वर्ष भन्दा माथिको व्यक्ति हुन नहुने उल्लेख छ ।
पार्टी नेतृत्वले विधान विपरित ५० वर्षीय राजीव ढुङ्गानालाई संघको नेतृत्व दिन लागेको विरोधमा विद्यार्थीहरु असन्तुष्ट छन् । असन्तुष्ट विद्यार्थी नेताहरुले संघका पूर्व महासचिव काफ्लेको नेतृत्वमा सानेपास्थित पार्टी कार्यालयमा अनसनका साथ विरोध प्रदर्शन गरिरहेका बेला संस्थापन पक्षले आक्रमण गरेको हो ।
कांग्रेस केन्द्रीय समितिको बैठक आजै बस्ने र नेविसंघको नेतृत्व चयन गर्ने कार्यक्रम रहेकाले विद्यार्थीहरु विरोध प्रदर्शनमा उत्रिएका हुन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।