एमसिसीबारे सभामुखको पहिलो प्रतिक्रियाः यसमा हतारो छैन

काठमाडौं– नवनिर्वाचित सभामुख अग्निप्रसाद सापकोटाले मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी)बारे अहिले तत्काल कुनै हतार नभएको र प्रतिक्रिया दिन हतार नगर्नु पर्ने बताएका छन् । 

सोमबार पदभार ग्रहण गरेपछि सापकोटाले सन्चारकर्मीहरुसँग कुराकानी गर्दै यसबारे अहिले बहस सुरु भएको र यो छिट्टै निचोडमा पुग्ने बताए । ‘अध्ययन गर्दै जाउँ न सबैले,’ उनले भने, ‘अहिले नै किन हतार गर्नु पर्यो र ?’

एमसिसीको विषयले यतिबेला सत्ताधारी दलका नेताहरू नै विभाजित भइरहेका छन् । प्रधानमन्त्री केपी शर्मा ओली र ओली निकटका प्रायः नेताहरू एमसिसी पास गराउनैपर्ने पक्षमा देखिएका छन् ।

नेकपाको स्थायी कमिटी बैठकमा समेत एमसिसी विवादमा नेताहरूबीच चर्काचर्की परेको थियो । एमसिसी नेपालको संविधानविपरीत भएको भन्दै केही नेताहरूले यसलाई नेपालमा कार्यान्वयन गर्न नहुने धारणा राखेका थिए ।

विवादले उग्ररूप लिएपछि स्थायी कमिटी बैठकले पार्टी सचिवालयलाई नै यसबारे निर्णय  लिन भनेको थियो । तर, स्थायी कमिटीले सचिवालयलाई निर्णयको लागि पठाएको भए पनि त्यसपछिको बैठकमा एमसिसीको विषयमा प्रवेशसमेत पाएको छैन ।





  • प्रकाशित मिति : माघ १३, २०७६ साेमबार १४:२२:९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया