नेपाली सेना मुलुकको आस्था, भरोसा र एकताको प्रतीक :  प्रधानसेनापति थापा
मुलुकको भूमि मिचिँदा महत्वपूर्ण भूमिका निर्वाह

दाङ– प्रधान सेनापति पूर्णचन्द्र थापाले राष्ट्रलाई अप्ठेरो पर्दा नेपाली सेना लड्ने गरेको बताएका छन् । रिपुमर्दन गण घोराहीमा नेपाली सेना सैनिक कल्याणकारीको संयोजनमा भएको भूतपपूर्व सैनिक सम्मेलनलाई आइतबार सम्बोधन गर्दै  उनले सो कुरा बताएका हुन् । ‘मुलुकको आस्था, भरोसा र एकताको प्रतीकका रुपमा नेपाली सेना रहेको छ’ उनले भने, ‘देशलाई अप्ठेरो पर्दा, देशलाई अन्याय पर्दा नेपाली सेनाले महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको छ ।’

पृथ्वीनारायण शाहको पालादेखि सुरु भएको एकीकृत नेपाल निर्माण गर्ने कार्य अहिले नेपाली सेनाले मुलुकको भूमि मिचिँदा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको बताए । उनले नेपाली सेनामा उत्साह, जोस, जाँगर, इमान्दारी भएकै कारण विश्वमै प्रशंसा गर्न लायक रहेकोसमेत बताए ।

मुलुकको स्वाधीनता र सर्वभौमताका लागि नेपाली सेनाको भूमिका महत्वपूर्ण रहेकोसमेत उनको भनाइ छ । उनले नेपालीलाई एकताबद्ध बनाउन नेपाली सेनाको भूमिका महत्वपूर्ण रहने भन्दै सेनाको यो पहिचानलाई जोगाई राख्नुपर्ने समेत बताए । साथै नेपाली सेनाले पर्यटन प्रर्वद्धनका लागि पदमार्ग, ऐतिहासिक युद्ध स्थलको संरक्षण सम्बर्द्धन, संस्कृति संरक्षण गर्ने कार्यसमेत गरिरहेको उनले बताए । 

नेपाली सेनाले अहिले सैनिक कल्यानकारिणी कोषमार्फत नेपाली सेनालाई आयआर्जनमुखी बनाउने कार्यसमेत गरेको छ । त्यस्तै नेपाली सेना तथा अवकाश प्राप्त नेपाली सेनाको शिक्षा, स्वास्थ्य, रोजगार, सीप विकासका लागि पनि यसले महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको छ ।

साविक राप्तीका दाङ, रोल्पा, सल्यान, प्यूठान, रुकुम पूर्व, रुकुम पश्चिमबाट भूपू सैनिकहरु कार्यक्रममा सहभागी थिए । कार्यक्रममा सबै जिल्लाको संस्कार र पहिचान झल्किने नृत्य प्रस्तुत गरिएको थियो । 





  • प्रकाशित मिति : माघ १३, २०७६ साेमबार १५:४६:२५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया