इटहरीका मेयर द्वारिकलालले हटाए कर्मचारी

इटहरी — इटहरी उपमहानगरपालिकामा करार तथा ज्यालादारीमा काम गर्ने १२ कर्मचारी  हटाइएको छ ।

अधिकांश स्वास्थ्य सेवाका कर्मचारीको करार नवीकरण नै नगरेकोले निकालिएका छन् ।

१२ मध्ये नौ जना स्वास्थ्य सेवाका कर्मचारी रहेका छन् । संघीय सरकारले पठाएकाे भन्दै उपमहानगरको खर्च कटौती गर्न हटाएको मेयर द्वारिकलाल चौधरीले बताएका छन् ।

‘केही भ्रष्ट कर्मचारी पनि थिए, यही लटमा विदा गरियो,’ उनले भने, ‘संघले पाठाउँदै गर्छ । हामी यहाँ कटौती गर्दै जान्छौ ।'

ती कर्मचारीकाे पुस मसान्तमा करार सकिएको मेयर चौधरीले बताए ।





  • प्रकाशित मिति : माघ १३, २०७६ साेमबार २०:५९:२२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया