सेकेन्ड ह्यान्ड बाइक किन्ने ?

युवापुस्तामाझ लोकप्रिय सवारीसाधनमध्ये मोटरसाइकल पनि एक हो । मोटरसाइकल चारपांग्रेको तुलनामा सस्तो र सहज सवारीसाधन पनि हो । अझ, काठमाडौंसँगै सवारी जाम हुने अन्य सहरका लागि त मोटरसाइकल छिटो गन्तव्यमा पु-याउने साधन बनेको छ । यसैले त पछिल्लो समय देशभर मोटरसाइकलको माग बढेको छ ।

अहिले बजारमा नयाँ–नयाँ ब्रान्डका मोटरसाइकल देख्न सकिन्छ । सामान्य कमाइ हुनेका लागि ती महँगा हुन सक्छन् । यस्तो अवस्थामा सोरुममा राखेका नयाँ ब्रान्डेड बाइक किन्नुभन्दा रिकन्डिसन सेन्टर (पुरानो बाइक खरिद–बिक्री गर्ने ठाउँ)मा गएर सेकेन्डह्यान्ड बाइक किन्न उपयोगी हुन सक्छ । कम पैसा खर्च गरेरै सरर्र बाइकमा गुड्न चाहनेका लागि यो एउटा अप्सन बन्न सक्छ । आजभोलि बजारमा थुप्रै रिकन्डिसन सेन्टर खुलेका छन् । त्यहाँ गएर तपाईंले बाइक चढ्ने आफ्नो आवश्यकता पूरा गर्न सक्नुहुनेछ । यद्यपि, पुराना बाइक किन्दा यी कुरामा निकै ध्यान पु-याउन आवश्यक छ :

 बाइक जाँच गर्ने
बाइक जाँच गर्दा सकेसम्म अनुभवी व्यक्तिलाई लानुपर्छ । बाइकका हरेक पार्टपुर्जा चेक गर्नुपर्छ, जस्तै– ब्रेक, क्लज, एक्सिलेटर, लाइट, इन्जिन, टायर, तेल हाल्ने ट्यांकी आदि । यी पार्टपुर्जाले राम्ररी काम गर्न सक्छन् वा सक्दैनन्, यकिन गर्न आवश्यक छ । योबाहेक बाइकको पूरा बडी हेरेर स्क्र्याच भए÷नभएको समेत हेर्नुपर्छ ।
 

इन्जिन चेक गर्ने
चाहे जुनसुकै कम्पनीको बाइक किन नहोस्, त्यसको इन्जिन क्षमता के, कति र कस्तो छ भन्ने मुख्य हो । त्यस्तै, कति सिसीको बाइकले कति किमि माइलेज दिन्छ र इन्जिन क्षमता कति राख्छ भन्ने कुरामा पनि दिनुपर्छ । यसर्थ, बाइक खरिद गर्नुअघि इन्जिन राम्ररी चेक गर्न आवश्यक छ ।
 

कागजात
प्रायः बाइक कुनै चिनेको मानिस वा रिकन्डिसन सेन्टरबाट खरिद गरिन्छ । जहाँसुकैबाट किन्ने भए पनि उक्त बाइकका कागजात सबैभन्दा पहिला हेर्नुपर्छ । ब्लुबुकमा उल्लेख भएको चेसिस नम्बर र बाइकको नम्बर एउटै हुनुपर्छ । यसबाहेक बाइकको कर तिरेको, बिमा गरिएको छ कि छैन भन्नेमा ध्यान पु-याउनुपर्छ । त्यस्तै, सर्भिससम्बन्धी कागजात, बाइक चोरी भए/नभएको वा दुर्घटनामा परे/नपरेको आदि समेत ख्याल गर्नुपर्छ ।
 

एकछिन कुदाएर हेर्ने
बाइक छान्ने सबैभन्दा राम्रो तरिका टेस्ट ड्राइभ हो । बाइक चलाएर हेर्दा त्यहाँ भएका कमीकमजोरी सजिलै पत्ता लगाउन सकिन्छ ।





  • प्रकाशित मिति : माघ १३, २०७६ साेमबार २३:५६:४१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया