बच्चाको उचाई बढाउन के गर्ने ?

एजेन्सी– शारिरिक उचाई शरिरको सौन्दर्यसँग जोडेर हेरिन्छ । त्यसैले धेरै अभिभावकलाई आफ्नो बच्चाको उचाई धेरै होस भन्ने चाहना हुन्छ । हामीले सामान्य विषयमा ध्यान पुर्याउन सक्यौ भने पनि बच्चाको उचाई बढ्छ । जसमा यि ६ वटा उपायहरु उपनाउन सकिन्छ । 

१. बच्चाको खानामा प्रोटिन, आइरन, भिटामिन र क्याल्सियम तत्वले भरपूर चिज सामेल गर्नुस् । 

२. बढ्दै गरेका बालबालिका निद्रा पुग्ने गरी सुतेका छन् कि छ्र्र्रैनन्, ध्यान दिनुहोस । उनीहरुका लागि कम्तीमा पनि १० देखि १२ घन्टा सुत्नु आवश्यक छ । सुत्दा ग्रोथ हार्मोन उत्पादन हुन्छ र वृद्धिलाई सघाउ पु¥याउँछ । आराम नगर्दा पनि बच्चाको हाइट ठीकसँग बढ्दैन

३. बच्चालाई घरबाहिरको खेलमा प्रोत्साहित गर्नुपर्छ । खेलकूदबाट बच्चाको उचाइ बढ्न सहयोग पुग्दछ । यसका अलावा स्ट्रेचिङ र ह्यांगिङ अभ्यास पनि गराउनुस् । दौडने, साइकल चलाउने र पौडी खेल्ने गर्नाले पनि हाइट बढ्छ । 

४. बालबालिकालाई दैनिक योगा गर्ने बानी बसाउनुस् । हाइट बढाउनका लागि दिनहुँ सूर्य नमस्कार योग गर्नु राम्रो हुन्छ । 

५.बालबालिकालाई चिया, कफीको बानी पर्न नदिनुस । यी चीजमा क्याफिन हुन्छन्, जसले उनीहरुको वृद्धिमा असर पर्छ । दैनिक ८ देखि १० गिलास पानी पिउने बानी बसाल्न सिकाउनुस् । 



६. बच्चाको तौल र हाइटबारे जानकारी लिइराख्नुपर्छ । समय समयमा चिकित्सकलाई देखाउनुस् । यदि बच्चाको विकासमा कुनै समस्या छ भने सुरु मै थाहा पाउँदा नियन्त्रण गर्न सजिलो हुन्छ । 



  • प्रकाशित मिति : माघ १३, २०७६ साेमबार २२:४९:३२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया