घरभन्दा कार्यालयमा कम तनावमा हुन्छन् महिला

एजेन्सी– धेरै मान्छेहरूले आफ्नो कार्यालयलाई तनाव हुने ठाउँको रूपमा लिन्छन् । उनीहरू कार्यालयमा रहँदा कतिखेर कार्यालय समय सकिन्छ र घर फर्किने बेला हुन्छ भनेर समय गन्दै बसिरहेका पनि हुन्छ । 

तर, यो भनाइको विपरीत अमेरिकाको पेन स्टेट विश्वविद्यालयमा गरिएको एक अध्ययनअनुसार कैयौं मान्छे, खासगरी महिला आफ्नो निवासमा भन्दा पनि कार्यालयमा कम तनाव महसुस गर्छन् । तपाईं सोचिरहनुभएको होला के यो सत्य हो त ? तर एउटा सत्य यो पनि हो । 

अनुसन्धानकर्ताहरूले अध्ययनमा समावेश एक सय २२ जनामाथि एक साताभर तनावयुक्त हर्मनको तह जाँच गरे । साथै उनीहरूलाई दिनको अलग–अलग समयमा आफ्नो मुडको अवस्था बुझ्न पनि सुझाए । यो अनुसन्धानको नतिजाअनुसार घरको तुलनामा महिलाहरू कार्यालयमा कम तनावमा देखिए ।

यो विषयमा गम्भीरतापूर्वक अनुसन्धान गर्दा उनीहरूले महिलाहरू घरको तुलनामा कार्यालयमा धेरै खुसी हुने कुरा पत्ता लगाए । जबकि पुरुषहरू कार्यालयमा भन्दा घरमा धेरै खुसी हुन्छन् । फरकफरक सामाजिक तथा आर्थिक हैसियत भएका मानिसमा पनि यो नतिजा एकै किसिमको देखियो । 

अनुसन्धानकर्ताहरूका अनुसार कामप्रतिको सन्तुष्टि यसको मुख्य कारण हो । यसबाट के देखियो भने महिलाहरू जब आफूले गरिरहेको काममा सन्तुष्टि पाउँदैनन्, उनीहरू तुरुन्त त्यो काम छोड्छन् र नयाँ काम गर्न सुरु गर्छन् जहाँ उनीहरूलाई खुसी प्राप्त हुन्छ । यही विषयमा पुरुषहरू भने काममा सन्तुष्ट नभए पनि पुरुषहरू त्यही काम गरिरहेका हुन्छन् । 

तपाईं भन्न सक्नुहुन्छ मान्छेहरू कुन दिन सबैभन्दा कम तनावमा हुन्छन् ? यसको ठीक उत्तर हो, सप्ताहान्त । अध्ययनमा सहभागीहरूले सप्ताहान्तको समयमा सबैभन्दा कम तनाव महसुस गरेका थिए । 



यो अध्ययनका बारेमा एक विद्वान्ले बताएअनुसार महिलाहरू कार्यालयमा आफ्नो काममा मात्र ध्यान दिन्छन् र उनीहरू त्यहाँ कम तनाव महसुस गर्छन् । तर, जब उनीहरू घर फर्कन्छन्, घरमा उनीहरूले खाना बनाउने, घर सफा गर्ने, लुगा धुने लगायतका काम गर्नुपर्छ । त्यसकारण पनि घरमा उनीहरू बढी तनावमा हुन्छन् । 
 



  • प्रकाशित मिति : माघ १३, २०७६ साेमबार २२:४१:४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया