अमेरिकी राष्ट्रपति ट्रम्प भारत आउने

एजेन्सी– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प अर्को महिना तीन दिने भ्रमणका लागि भारत आउने भएका छन् । २१ फ्रेबुअरीमा सुरु हुने यो भ्रमण २४ फ्रेबुअरीमा हुने भनिएको छ । 

यसलाई भारतमा निकै महत्वपूर्ण रुपमा लिइएको छ । तर, भारत सरकार र अमेरिकी सरकार दुवैले यसबारे औपचारिक कुरा भनेका छैनन् । भारतीय मिडियाले सुत्रहरुको हवाला दिँदै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र ट्रम्प एउटा सार्वजनिक कार्यक्रममा पनि सहभागी हुने जनाएका छन् ।

यो भ्रमणमा यी दुई देशबीच कयौँ सम्झौता हुने भनिएको छ ।





  • प्रकाशित मिति : माघ १४, २०७६ मंगलबार १२:१४:०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया