प्रधानमन्त्री ओलीको संसदमा सम्बोधनः एकताबद्ध भएर अगाडि बढौँ

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभामा सम्बोधन गरेका छन् । 

मंगलबार उनले गरेको सम्बोधनमा एकता हुनु पर्ने कुरालाई निकै जोड दिए । २००७ सालको आन्दोलनदेखिको कुरा निकाल्दै प्रधानमन्त्री ओलीले एकता भएको खण्डमा र सहमति भएको खण्डमा मात्र विकास हुनेमा जोड दिए । 

अहिलेको विश्व निकै विकसित भइसकेको भन्दै उनले अहिले पनि सहमति आवश्यक भएको बताए । 

‘जहाँ सहमति भयो, त्यहाँ लोकतान्त्रिक शक्तिहरुले ठूलाठूला सफलता प्राप्त गरेका छन्,’ उनले भने, ‘हामी ससाना कुरामा अल्झिने, अनावश्यक कुरामा अल्झिने समय छैन ।’

उनले आजको राजनीतिक अवस्था तथा चर्चामा रहेका सान्दर्भिक विषयमाथि केही दिनमा नेपाल सरकारको दृष्टिकोणबारे छुट्टै विचार राख्ने पनि उनले बताए ।

हिजो एकताबद्ध भएकाले नै उनले १९ माघको जस्तो कदमलाई पनि पराजित गरेको बताए । ‘हामी एकताबद्ध भएपछि सबैथोक हुन्छ,’ उनले भने, ‘हाम्रा अबका एजेन्डा तथा विषय सबै हामीले सुशासन तथा विकासतर्फ केन्द्रित गर्न जरुरी छ ।’ उनले यो नै निष्ठापूर्वक अगाडि बढ्ने प्रयोग भएको पनि बताए । 



मतभेद हुँदा सत्यलाई अस्वीकार गर्न नसकिने उनले सम्बोधनमा बताए ।

उनले सभामुख पदमा निर्वाचित गर्दा पनि आफूहरुले ढिलाइ गरेको बताए । उनले यो अधिवेशनमा सुरु भएको र आफूले विस्तारै एमसिसीलगायतका विषयमा पनि बोल्ने बताएका छन् । 



उनले यसअघिकाे समय खेर गए पनि अब त्यसलाई सुधार्न पर्ने बताएका छन् । 

उनले नवनिर्वाचित सभामुख अग्नि सापकाेटालाई पनि सम्बाेधनमा बधाई दिए । 

  • प्रकाशित मिति : माघ १४, २०७६ मंगलबार १३:५३:३४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया