आस्था राउतिवरुद्ध अभियोग पत्र दायर

काठमाडौं– गायिका आस्था राउतविरुद्ध जिल्ला प्रशासन कार्यालय, काठमाडौंमा अभियोग पत्र दायर भएको छ । यसअघि प्रहरीले राउनतमाथि अनुसन्धान सकेर रायसहितको प्रतिवेदन जिल्ला सरकारी वकिल कार्यालयमा बुझाएको थियो ।

सोही रायका आधारमा जिल्ला प्रशासन कार्यालय, काठमाडौंमा मंगलबार दिउँसो अभियोग पत्र दायर भएको हो । जिल्ला सरकारी वकिल कार्यालय, काठमाडौंका अनुसार प्रहरीले थुनछेक बहसका लागि राउतलाई जिल्ला प्रशासन कार्यालय पुर्‍याएको छ । 

सो विषयमा मंगलबारै बहस सकिए प्रमुख जिल्ला अधिकारीले राउतलाई धरौटी वा साधारण तारेखमा छाड्न सक्छन् ।

यसअघि १ माघमा सिक्किममा आयोजित कार्यक्रममा सहभागी हुन जाने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक टर्मिनलमा प्रहरी जवान रमिता श्रेष्ठसँग राउतको भनाभन भएको थियो । सो घटनापछि राउतले फेसबुक लाइभ गर्दै प्रहरीलाई गाली गरेकी थिइन् ।





  • प्रकाशित मिति : माघ १४, २०७६ मंगलबार १५:४६:०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया