Wed, 08 Jul, 2020


धरौटीमा रिहा भइन् आस्था राउत
फरकधार / माघ १४, २०७६

काठमाडौं – गायिका आस्था राउत धरौटीमा छुटेकी छन् । जिल्ला प्रशासन कार्यालय काठमाडौंले उनलाई चार हजार रुपैयाँ धराैटीमा रिहा गरेकाे हाे ।



अभद्र व्यवहारसम्बन्धी कसुरमा उनी प्रहरी नियन्त्रणमा थिइन् । जिल्ला प्रशासन कार्यालय, काठमाडौंमा मंगलबार दिउँसो उनीविरुद्ध अभियोग पत्र दायर भएको थियाे । 

थुनछेक बहसका लागि जिल्ला प्रशासन कार्यालय पुर्‍याइएकी राउतलाई प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले धरौटीमा छाड्ने आदेश गरेका छन् ।


फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई news@farakdhar.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामाग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्