टीकापुर– संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले देश, जनता र सार्वभौमिकताको रक्षा गर्नु सरकारको दायित्व भएको बताएका छन् ।
सुदूरपश्चिम औद्योगिक व्यापार मेला तथा टीकापुर महोत्सव २०७६ को मंगलवार टीकापुरमा उद्घाटन गर्दै मन्त्री भट्टराईले भावनामा बगेर सरकारले गरेका कामको विरोध नगर्न पनि आग्रह गरे ।
देश, जनता र सार्वभौमिकताको रक्षा गर्नु सरकारको दायित्व भएकाले यस कुरामा प्रतिबद्ध रहेको बताउँदै उनले सरकारले देशलाई अहित हुने कुनै काम नगर्ने बताए ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।