पाँच रुपैयाँ जरिवाना तिर्न नसक्दा...

बारा— अहिलेको युगमा अदालतले तोकेकाे पाँच रुपैयाँ जरिवाना तिर्न नसक्ने हैसियत भएका मानिसहरु पनि हुँदो रहेछ भनी सुन्दा अचम्म लाग्छ । तर यो सत्य हो । यस्तै घटना बारा जिल्लाको पचनौता नगरपालिकामा घटेको छ ।  

विसं २०६५ साल २७ माघमा पचनौता गाउँपालिका–४ गुलरिया बस्ने ६० वर्षीय नागेन्द्र महरामाथि स्थानीय नवाब ठाकुर लोहारले जिल्ला अदालत पर्सामा जालसाजी मुद्दा हालेका थिए । साेही मुद्दामा अदालतले महरालाई पाँच रूपैयाँ जरिवाना गरेको थियो । तर, पैसा तिर्न नसक्दा उनी फरार भएका थिए । उनलाई फरार अभियुक्तको सूचीमा राखेर प्रहरी चौकी बेलदारीबाट खटिएको टोलीले घरबाटै पक्राउ गरी अदालतमा उपस्थित गराएको अदालतका उपसचिव कौशलेश्वर ज्ञवालीले जानकारी दिए ।

अदालतमा कायम रहेका मुद्दा नं १४३२ अनुसार महरा फरार सूचीमा रहेको देखिएकाले प्रहरीले पक्राउ गरी अदालतमा उपस्थित गराएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ । अहिले बारा प्रहरीले पाँच रुपैयाँदेखि एक हजार रुपैयाँसम्म जरिवाना लागेका अभियुक्तलाई पक्राउ गर्ने कार्य तीव्र पारेको छ । प्रहरीले साउनयता बारा जिल्लामा फरार अभियुक्तको सूचीमा रहेका १८४ जनालाई पक्राउ गरी अदालतमा उपस्थित गराएको छ । 

पक्राउ परेकाबाट ४९ वर्ष १३८ महिना ३२३ दिन कैद सजायबापत २२ लाख सात हजार ८४४ रुपैयाँ १३ पैसा राजश्व सङ्कलन गरेको प्रहरीले जनाएको छ । प्रहरीले फरार अभियुक्तलाई धमाधम पक्राउ गर्न थालेपछि अन्य अभियुक्त आफैँ अदालतमा उपस्थित हुन थालेका छन् । 





  • प्रकाशित मिति : माघ १४, २०७६ मंगलबार २१:५७:४०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया