पत्रकार अर्नबविरुद्ध विमानमा कमेडियन कुणाल, विमानमा ६ महिना प्रतिबन्ध

एजेन्सी– भारतीय कमेडियन कुणाल कामरा तथा पत्रकार अर्नब गोस्वामीको एउटा भिडियो अहिले सामाजिक सन्जालमा निकै चर्चित भएको छ । 

यो भिडियोमा कुणाल कामराले विमानमा अर्नब गोस्वामीलाई केही प्रश्न सोधेका छन् । तर, अर्नबले कुणालको कुनै पनि कुरामा ध्यान दिएका छैनन् । उनी आफ्नो ल्यापटपमा हेरेर बसिरहेका छन् ।

बीचबीचमा केही अपशब्दहरु पनि प्रयोग गरेर कुणालले अर्नबमाथि विभिन्न आरोप पनि लगाएका छन् । कुणाल स्वयंले ट्विटरमा सेयर गरेको यो भिडियोको क्याप्सन दिएका छन्– मैले आफ्नो हिरो रोहित वेमुलाका लागि यो गरेको हुँ ।

तर, कुणाल जुन विमानमा थिए, त्यो विमान कम्पनी इन्डिगो एयरले स्टान्डअप कमेडियन कुणाल कामरालाई छ महिना प्रतिबन्ध लगाइदिएको छ । 

कम्पनीले मुम्बईबाट लखनउ गइरहेको एक उडानमा कुणालको व्यवहार आपत्तिजनक भएकाले आफूहरुले यो प्रतिबन्ध लगाएको जनाएको छ । अब कुणाले यो कम्पनीका कुनै पनि उडानमा ६ महिना यात्रा गर्न पाउने छैनन् । 

यतिमात्र होइन, इन्डिगो एयरले आफ्ना यात्रीहरुसँग यात्राको समयमा अरु यात्रुमाथि नीजि हमला नगर्न अनुरोध पनि गरेको छ । कुणाल कामराले चाहिँ इन्डिगो एयरको यो फैसलालाई स्वीकार गरेका छन् । 



उनले ट्विट लेखेका छन्, ‘ममाथि ६ महिनाको प्रतिबन्ध लगाएकोमा धन्यवाद । मोदीजीले सायद एयर इन्डियामा मलाई सधैंका लागि प्रतिबन्ध लगाउने छन् ।’

भिडियोमा कुणालले अर्नबलाई डरपोक भन्दै प्रश्न सुरु गरेका छन्, उनको पत्रकारितामाथि प्रश्न गर्ने भन्दै आफ्नो भिडियो सुरु गरेका छन् ।



अर्नब गोस्वामी भारतीय सरकारसँग नजिक पत्रकार मानिएका छन् । हेर्नुस् यो भिडियोः 
 

  • प्रकाशित मिति : माघ १५, २०७६ बुधबार ९:५:३६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया