छोराछोरीको विहे गर्न सहमत सम्धी–सम्धिनी नै भागेपछि...

एजेन्सी– यो दुनियाँ बढो अजिबको छ । कहिलेकाहीँ यस्ता घटनाहरु बाहिर आइरहेका हुन्छन्, जसले हामीलाई विश्वास गर्न पनि गाह्रो पारिदिन्छन् । 

एउटा यस्तै समाचार आएको छ, भारतको गुजरातबाट । त्यहाँ आफ्ना छोराछोरीको विवाहमा नै सम्धी र सम्धिनी एकअर्कासँग प्रेममा परेर भागेका छन् । यो समाचार भारतीय प्रयोगकर्ताले खुबै सेयर गरेका छन् । 

हिम्मत पटेल र शोभना रावलले आफ्ना छोरा र छोरीको विवाहमा आफूहरुले पनि विवाह गर्ने निर्णय गरेका हुन् । त्यसो त उनीहरु पहिलो पटक भेटेका भने होइनन् । यी दुईको युवाअवस्थामा प्रेम रहेको बताइन्छ । 

प्रहरीका अनुसार ४३ वर्षका हिम्मत पटेल र ४२ वर्षकी शोभना रावल १० जनवरी देखि फरार भएका थिए । उनीहरुले छोराछोरीको विवाह फ्रेबुअरीमा गर्ने भनेका थिए । अब यो के हुन्छ भन्ने त्यहाँ अन्योल छाएको छ । प्रहरीले यसबारे अनुसन्धान सुरु गरेको छ ।





  • प्रकाशित मिति : माघ १५, २०७६ बुधबार ११:०:१४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया