चीन — चीनले दुई दिनमै कोरोना भाइरस प्रभावितको उपचारका लागि अस्पताल बनाएको छ । चीनको हुवाङगाङ सहरमा एक हजार शय्याको अस्पताल पूर्ण रुपमा सञ्चालनमा आएको हो ।
अत्याधुनिक मेसिनहरुको प्रयोग गरेर रातारात अस्पताल बनाइएको हो । यो अस्पताल बुधबार बिहान साढे १० बज पूर्ण रुपमा सञ्चालनमा आएको छ । अस्पतालमा कोरोना भाइरस संक्रमित बिरामीलाई सारिएको छ । यस अस्पतालले २ हजार ३ सय कोराना भाइरस संक्रमित बिरामीहरुको उपचार गर्ने लक्ष्य लिएको छ । कोरोना भाइरस संक्रमितहरुका लागि निर्माण गरिएको यो अस्पताल विश्वकै पहिलो हो ।
यो अस्पताल ह्वाङगाङ केन्द्रीय अस्पतालको नयाँ शाखा अस्पताल हो । अस्पताल परिसरमा रहेको खाली भवनमा मेडिकल सेन्टर, शय्या थपेर २ दिनमै तयार गरिएको हो। मे महिनामा खुल्ने भनिएको यो अस्पताल कोरोना भाइरसको संक्रमण फैलिरहँदा रफ्तारमा खोलिएको हो ।
शुक्रबारमात्रै स्थानीय निकायले उक्त भवनलाई कोरोना भाइरसको संक्रमितका लागि उपचारका निम्ति प्रयोग गर्न दिने निर्णय गरेको थियो। त्यसपछि शनिबारबाट काम सुरु गरिएको थियो ।
सोमबारसम्म स्वयंसेवकले सबै शय्याहरुको व्यवस्था गरिसकेका थिए । त्यसैगरी पानी, बिजुली, इन्टरनेटको सुविधा पनि थपियो । ५ सय भन्दा बढी कामदार तथा विभिन्न अत्याधुनिक उपरकरणको प्रयोग गरेर रातारात दुई दिनमा यो काम सम्पन्न गरिएको हो । ती सहरका सम्बन्धित अधिकारी भन्छन्,‘यो प्रोजेक्ट हामीले ४८ घण्टामा सम्पन्न गर्न सक्यौँ । यो सबैको हातेमालोले गर्दा सम्भव भएको हो ।’
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।