एमसिसीमा सैन्य गठबन्धन छ भनेर स्यालजस्तो कराउन पर्दैन, यति नम्बर बुँदामा छ भन्न सक्नुपर्छ : सञ्चारमन्त्री

काठमाडौं– सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बास्कोटाले अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी)को बचाउ गरेका छन् । 

सञ्चारमन्त्री बास्कोटाले एमसीसीमा सैन्य गठबन्धन नजोडिएको दाबी गर्दै स्याल हुइयाँ नगर्न सचेत गराएका हुन् । 

मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्न बिहीबार आयोजित पत्रकार सम्मेलनमा उनले भने, ‘एमसिसीमा सैन्य छ, छ, छ भनेर स्यालजस्तो कराउन पर्दैन । छ भने यति नम्बर बुँदामा छ भनेर भन्न सक्नुपर्छ ।’ 

बास्कोटाले नेपाल कुनै पनि सैन्य गठबन्धनसँग संलग्न नहुने जिकिर गर्दै एमसिसीमा पनि कुनै सैन्य गतिविधि नजोडिएको दोहोर्याए ।





  • प्रकाशित मिति : माघ १६, २०७६ बिहीबार १७:३९:२४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया