काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका अध्यक्ष कमल थापाले वर्तमान सरकार पूर्ण रुपमा असफल भएको बताएका छन् ।
राप्रपा केन्द्रीय कार्यसमिति बैठकमा अध्यक्ष कमल थापाले प्रस्तुत गरेको राजनीतिक कार्यपत्रमा सो कुरा उल्लेख गरिएको छ । सरकार भ्रष्टाचार नियन्त्रण तथा व्यापारघाटा न्यूनीकरण गर्न पूर्ण रुपमा असफल भएको र जनताको अपेक्षाअनुसार काम गर्न नसकेको आरोप प्रतिवेदनमा लगाइएको छ ।
प्रतिवेदनमा भनिएको छ– पूर्वाधार विकासका क्षेत्रमा केही कामहरु भए पनि लगानी प्रवर्द्धन, रोजगारी सिर्जना, भ्रष्टाचार नियन्त्रण, व्यापारघाटा न्यूनीकरण तथा शिक्षा र स्वास्थ्यको क्षेत्रमा सरकार असफल भएको छ ।
उनले व्यापारी, कर्मचारी, राजनीतिक नेताहरुले गठबन्धन नै बनाएर देशमा भ्रष्टाचारको सञ्जाल बढाएको आरोप लगाएका छन् । आर्थिक स्वार्थ पूरा गर्न कानुनी बाधा भए कानुन नै परिवर्तन हुने गरेको पनि थापाको आरोप छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।