आफ्नै श्रीमतीको ट्रोल गरे महेन्द्र सिंह धोनीले

एजेन्सी– भारतीय क्रिकेट टिमका पूर्वकप्तान महेन्द्र सिंह धोनीले परिवारसँग बिताएको रमाइलो पललाई आफ्ना सामाजिक सन्जालहरुमा सेयर गरेका छन् । उनकी श्रीमती साक्षी धोनीले पनि केही दिनअघि उनीहरु कान्हा नेसनल पार्कमा पुगेको भिडियोलाई सेयर गरेकी छिन् । त्यसो त उनी सधैं आफ्नो इन्स्टाग्राममा पनि धोनीका तस्वीर तथा भिडियो सेयर गरिरहेकी हुन्छिन् ।

यो भिडियोमा चाहिँ धोनीले उल्टै साक्षीलाई ट्रोल गरेका छन् । उनले साक्षीले यो सब आफ्ना फलोअर्स बढाउन गरिरहेको बताएका छन् । त्यसमा चाहिँ साक्षीले पनि समर्थन जनाएकी छिन् । उनले भनेकी छिन्, ‘तिम्रो जीवनको नै एक पाटो हो नि म, होइन र ?’





  • प्रकाशित मिति : माघ १८, २०७६ शनिबार १२:१२:३९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया