अज्ञात रोगका कारण दाङमा २०० भेडा मरेपछि पशु सेवाको टोली जंगलमा

दाङ– पूर्वीरुकुमको उत्तरी भेगबाट दाङ चरनका लागि ल्याइएका २०० बढी भेडा मरेपछि त्यहाँ पशु चिकित्सकको टोली पुगेको छ । घोराही उपमहानगरपालिका–१९ को पहाडी भेगमा पर्ने जंगलमा चराउन ल्याइएका भेडा दुई सातादेखि लगातार मर्न शुरु गरेका थिए । 

भेडा अज्ञात रोगले मरेको खबर सञ्चारमाध्यममा आएपछि प्रदेश नं ५ अन्तर्गत पशु सेवा कार्यालय र उपमहानगरपालिकाको पशु सेवा महाशाखाको टोली जंगलमा पुगेको हो । पशु चिकित्सकको टोली शुक्रबार बेलुका वडा नं १९ सैघाको जंगलमा पुगेर भेडाको सामान्य उपचारसमेत गरेको छ ।

पशु सेवा शाखाका प्रमुख श्रीधर अधिकारीका अनुसार त्यहाँ रहेका भेडामा मुख पाक्ने, पखाला लाग्ने, झुङ्ने, घाँस नखाने र मर्ने समस्या देखिएको छ । भेडा कुन रोगले मरेको हो भन्नेबारेमा तत्काल चिकित्सकको टोलीले पत्ता लगाउन सकेको छैन ।

उनले भेडामा देखिएको समस्यालाई ल्याब परीक्षणपछि मात्र रोग पत्ता लाग्ने हुदाँ आफूहरुले नमुना संकलन गरेर फर्किएको जानकारी दिए । पशु उपचारका लागि दाङमा ल्याव परीक्षणको व्यवस्था नभएको हुँदा आजै उक्त स्याम्पललाई सुर्खेत पठाउने र सोमबारसम्म वास्तविकता पत्ता लाग्ने उनले बताए ।





  • प्रकाशित मिति : माघ १८, २०७६ शनिबार १७:१८:५९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया