ए डिभिजन लिग : एपिएफलाई हराउँदै मच्छिन्द्र शीर्ष स्थानमा उक्लियो

काठमाडाैं– सहिद स्मारका ए डिभिजन लिगमा सशस्त्र प्रहरी बल (एपिएफ)लाई पराजित गर्दै मच्छिन्द्र क्लब लिगको शीर्ष स्थानमा उक्लिएको छ ।

त्रिपुरेश्वस्थित दशरथ रंगशालमा आज भएको खेलमा मच्छिन्द्रले एपिएफलाई २–१ गोलअन्तरले पराजित गरेको हो ।

खेलमा सुरुवाती अग्रता जोगाउन नसक्दा एपिएफले पराजय बेहोरेको हो । ४३औँ मिनेटमा एपिएफका राजेश दंगालले गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए । उनले नवीन लामाको क्रस बललाई हेडमार्फत उत्कृष्ट गोल गरेका थिए । 

खेलको ४८औँ मिनेटमा विशाल राईले गोल गर्दै खेललाई बराबरीमा ल्याए । उनले रञ्जित धिमालको कर्नल बललाई हेडमार्फत गोल गरेका थिए । खेलको ७९औँ मिनेटमा मच्छिन्द्रले खेलमा अग्रता बनायो मच्छिन्द्रका लागि रञ्जित धिमाले पेनाल्टीमार्फत गोल गरेका थिए । 

एपिएफका तोपबहादुर विष्टले मच्छिन्द्रका पिटर सेगुनलाई डिबक्सभित्र लडाएपछि मच्छिन्द्रले पेनाल्टीको अवसर पाएको थियो । रञ्जितको पेनाल्टी प्रहार एपिएफका गोलरक्षक राजु योगीले बचाएता पनि  रिबाउन्ड बलमा रञ्जितले गोल गरेका थिए । 

मच्छिन्द्रका देवेन्द्र तामाङ खेलको उत्कृष्ट खेलाडी घोषित भए । यो जितसँगै मच्छिन्द्रले दोस्रो स्थानको त्रिभुवन आर्मी क्लबसँग २ अंकको अग्रता लिएको छ, तर अर्मीले एक खेल कम खेलेको छ ।



मच्छिन्द्रले १० खेलबाट २२ अंक जोडेको छ भने आज पराजय बेहोरेको एपिएफमाथि रेलिगेसनको खतरा बढेर गएको छ  । १० खेलबाट ५ अंक जोडेको एपिएफ लिगको १३औँ स्थानमा छ । 



  • प्रकाशित मिति : माघ १८, २०७६ शनिबार १७:३४:१०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया