लमजुङमा आगलागीमा एक महिलाकाे मृत्यु

लमजुङ— लासोंथर गाउँपालिका-९ टक्सारको च्ह्योंगे भिरमा लागेको डढेलोमा एक महिलाको मृत्यु भएको छ । डढेलोमा क्होलासोंथर-८ घाम्राङकी ३५ वर्षीय ज्योति परियारको मृत्यु भएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय लमजुङका इन्स्पेक्टर बसन्तहादुर रानाका अनुसार घरबाट पोखरा जान हिँडेकी महिलालाई तलबाट सल्किँदै आएको ढडेलोले पोलेको थियो । महिलाकाे शरीर र कपडा पोलिएको अवस्थामा स्थानीय र प्रहरीले उद्धार गरी पोखरास्थित गण्डकी मेडिकल कलेजमा लगिएको र उपचारको क्रममा शुक्रबार बेलुका मृत्यु भएको उनले बताए । 

रानाका अनुसार उक्त घटना शुक्रबार दिउँसो भएको हो । भिरमा लागेको आगो भने नियन्त्रण भएको छ । आगो कसरी लाग्यो भन्ने विषयमा अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ । 





  • प्रकाशित मिति : माघ १८, २०७६ शनिबार २०:५१:१७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया