‘सलमानलाई गोवामा प्रतिबन्ध लगाउनुपर्छ’

बलिउड अभिनेता सलमान खान विवादमा तानिएका छन्। गोवा एयरर्पोटमा अभिनेता खानसँग सेल्फी खिच्नेक्रममा एक फ्यानको फोन खोसेको भिडियो भाइरल भएको थियो। आक्रोशित अभिनेता खानबाट दुव्र्यवहार भएलगत्तै उनलाई गोवा प्रवेशमा प्रतिबन्ध लगाउनुपर्ने माग काँग्रेसनिकट भारतीय विद्यार्थी संघले गरेको छ।

उनीहरूले गोवाका मुुख्यमन्त्री प्रमोद सावन्तलाई बुझाएको पत्रमा उल्लेख गरिएको छ, ‘अभिनेता सलमान खानले आक्रोशित हुँदै एक फ्यानको फोन खोसेको घटनाप्रति माफी नमागेसम्म उनलाई गोवा प्रवेशमा प्रतिबन्ध लगाउनुपर्छ।’

त्यस्तै भारतीय जनता पार्टीका गोवा सचिव नरेन्द्र सवाइकरले अभिनेता खानलाई सम्बोधन गर्दै ट्वीट गरेका छन्, ‘सेलिब्रेटी भएको कारण फ्यानहरूले तपाईसँग सार्वजनिक स्थानमा सेल्फी लिन्छन्। तपाईले गनुभएको व्यवहार अपमानजनक लाग्यो। त्यसैले तपाईले सार्वजनिक रूपमा माफी माग्नुपर्छ।’





  • प्रकाशित मिति : माघ १८, २०७६ शनिबार २२:११:४५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया