केन्द्रीय सदस्यको जवाफ दिन बालुवाटारमा नेकपा सचिवालय बैठक
फाइल तस्वीर ।

काठमाडौं– केन्द्रीय समिति बैठकमा उठेका प्रश्नहरुको जवाफ दिन नेपाल कम्युनिस्ट पार्टीका सचिवालय सदस्यको बैठक आज बस्दैछ । केन्द्रीय समिति बैठकमा उत्तर दिनुभन्दा पहिले सचिवालय बैठकमा सदस्यहरु छलफलमा जुटेका हुन् । 

प्रधानमन्त्री निवास बालुवाटारमा नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले केन्द्रीय सदस्यलाई जवाफ दिनेबारे छलफल सुरु गर्न लागेका हुन् । 

बुधबार सुरु भएको नेकपाको केन्द्रीय कमिटी बैठक आज सकिँदैछ ।

आज ओली र प्रचण्डले राजनीतिक प्रतिवेदनमाथि उठेका प्रश्नको जवाफ दिने कार्यक्रम छ । प्रचण्डले मात्र जवाफ दिएर ओलीले बैठकलाई सम्बोधन गर्न सक्ने सम्भावना पनि रहेको बताइएको छ । त्यस्तै, संगठनात्मक प्रतिवेदन तथा विधान संसोधनमाथि महासचिव विष्णु पौडेलले जवाफ दिँदै छन् ।





  • प्रकाशित मिति : माघ १९, २०७६ आइतबार १३:३६:४८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया