पद्मश्री पुरस्कार पाएका भारतीय कलाकारले भने– ढिलो आयो, कडा आयो

एजेन्सी– ‘मेरी आवाज ही मेरी पहचान है ।’ यो गीतको पंक्तिका लागि सबैभन्दा बढी चर्चामा हुन्छन्, भारतमा सुरेश वाडेकर । सुरेशलाई नयाँ पुस्ताका मानिसहरुले खासै नचिल्लान् तर तुमसे मिलके ऐसा लगालगायतका चर्चित गीत उनले गाएका हुन् जसलाई धेरैले मन पराएका छन् । 

६४ वर्षका सुरेश वाडेकरलाई भारत सरकारले यसपटक पद्मश्री पुरस्कार दिएको छ । यही विषयमा त्यहाँका मिडियाले उनीसँग अन्तर्वार्ता गरिरहेका छन् । हिन्दुस्तान टाइम्समा छापिएको एक अन्तर्वार्तामा उनले भनेका छन्– पद्म पुरस्कार पाउँदा खुसी छु, लामो समय देखि यसको पर्खाइमा थिएँ ।

‘मैले पद्म पुरस्कार पाउन किन ढिला भयो भन्ने थाहा छैन,’ उनले भनेका छन्, ‘तर, ढिलो आयो, कडा आयो ।’





  • प्रकाशित मिति : माघ २०, २०७६ साेमबार १०:४७:२५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया