कोरोना भाइरस संक्रमणपछि शरीरमा के के परिवर्तन हुन्छ ?

एजेन्सी– चीनको वुहान सहरमा सबैभन्दा पहिले देखिएको कोरोना भाइरस अहिले विश्वका दुई दर्जन देशमा देखिइसकेको छ । चीनभन्दा बाहिर हङकङमा पनि कोरोना भाइरस संक्रमणका कारण एकजनाले ज्यान गुमाएका छन् । 

चीनमा कोरोना भाइरसविरुद्ध लडिरहेका चिकित्सकहरुले अब विस्तारै यसबारे थप जानकारीहरु दिन थालेका छन् । विश्व स्वास्थ्य संगठनले विश्वभर आपतकालको घोषणा गरेको छ । 

चीनको वुहान सहरको जिन्यिन्तान अस्पतालमा यो महामारीको उपचारमा संलग्न चिकित्सकहरुले ९९ जना संक्रमितको विषयमा लान्सेट मेडिकल जर्नलमा विस्तृत जानकारीहरु प्रकाशन गरेका छन् ।

त्यसमा यो संक्रमणले सबैभन्दा पहिले फोक्सोमा आक्रमण गर्ने जनाइएको छ । कोरोना भाइरस संक्रमण भएका ९९ जनामा पहिले निमोनियाका लक्षण देखिएका थिए ।

उनीहरुको फोक्सोमा समस्या देखिएको थियो । र, फोक्सोबाट अक्सिजन प्रवाह हुने रक्तनलीमा पानी जमेको थियो ।

यी ९९ जनामध्ये ८२ जनालाई ज्वरो पनि आएको थियो, ८१ जनामा निकै गम्भीर किसिमको खोकी देखिएको थियो । ३१ जना सास फेर्न समस्या भएको गुनासो गरिरहेका थिए । ९ जनालाई आफूलाई के भइरहेको छ भन्ने विषयमा भ्रम देखिएको छ, ८ जनाको टाउको दुखेको थियो, पाँच जनालाको घाँटीमा खटिरा देखिएको थियो ।



कोरोना भाइरस संक्रमणका कारण सुरुमा मृत्यु भएका दुई जना चाहिँ पहिले स्वास्थ्य देखिएका थिए । उनीहरुमा चुरोट पिउने बानी थियो । यसका कारण उनीहरुको फोक्सोमा धेरै समस्या भइसकेको त्यहाँका चिकित्सक अधिकारीले जनाएका छन् ।

६१ वर्षका ती व्यक्तिलाई अस्पतालमा लैजाँदा उनी पूर्ण रुपमा निमोनियाबाट ग्रसित भइसकेका थिए । उनलाई सास फेर्न गाह्रो भएका थियो । उनको फोक्सोले अक्सिजन सप्लाई गर्न सकिरहेको थिएन ।



सबैभन्दा पहिले कोरोना भाइरसका कारण मृत्यु भएका अर्का व्यक्ति ६९ वर्षका थिए । उनको पनि फोक्सोमा समस्या देखिएको थियो । उनमा पनि निमोनिया देखिएको थियो र उनको ब्लड प्रेसर निकै कम भइसकेको थियो ।

२५ जनवरीसम्ममा ९९ मानिसको मृत्यु कोरोना भाइरसका कारण भएको थियो । त्यति बेला ५७ जना अस्पतालमा भर्ना भएका थिए, ३१ जनालाई अस्पतालबाट डिस्चार्ज भएको थियो । 

वुहानको हुआनान सिफुड मार्केटमा समुद्री जीवबाट मानिसमा कोरोना भाइरस संक्रमण भएको मानिएको छ । अस्पतालमा भर्ना भएका ९९ जनामध्ये ४९ जना यही सिफुड मार्केटका थिए । उनीहरु केही त्यहाँ पसल गरिरहेका थिए भने केहीले म्यानेजरको पदमा काम गरिरहेका थिए । यी ९९ जनामध्ये २ जनामात्रै त्यहाँ सिफुड किन्न पुगेका ग्राहक थिए ।

रिसर्चमा संलग्न गराइएका ९९ जनामा ६७ पुरुष थिए । उनीहरुको औषत आयु ५६ वर्षको थियो । तर, पछिल्लो तथ्यांकअनुसार महिला र पुरुषमा यो भाइरसको संक्रमणमा कुनै फरक देखिएको छैन ।

तर, त्यहाँका चिकित्सकहरुले कोरोना भाइरसको संक्रमण पुरुषमा भन्दा महिलामा कम देखिएको बताएका छन् । यसको कारण चाहिँ सेक्स क्रोमोजम र हर्मोनलाई मानिएको छ ।  

त्यसो त उनीहरुले यो भाइरसका कारण मृत्यु हुने अधिकांश पहिले देखि नै बिरामी रहेको पनि बताएका छन् । उनीहरुको रोग प्रतिरोधात्मक क्षमता कमजोर भएकाले उनीहरुको मृत्यु भएको चिकित्सकहरुको धारणा छ । 

  • प्रकाशित मिति : माघ २१, २०७६ मंगलबार ११:४०:८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया