सांसदकाे कटाक्ष : चीनबाट उद्धार गरी ल्याइने नेपाली राख्नका लागि संसद भवन नै खाली गर्दिऊँ न त सभामुख महोदय !

काठमाडौं– चीनबाट उद्धार गरी ल्याउन लागिएका नेपालीलाई राख्ने ठाउँ नपाए संसद भवन खाली गर्न एक सांसदले प्रस्ताव गरेका छन् । मंगलबार प्रतिनिधिसभाको बैठकमा समाजवादी पार्टीका सांसद प्रदीप यादवले सरकारप्रति कटाक्ष गर्दै यस्तो बताएका हुन् ।

सरकारले पाँच दिनदेखि लगातार खोज्दा पनि चीनबाट ल्याउने नेपाली राख्ने ठाउँ नपाएको बताइरहँदा सांसद यादवले यस्तो कटाक्ष गरेका हुन् । ‘चीनबाट ल्याउने नेपाीलाई कहाँ राख्ने त ? सरकारले पाँच दिनदेखि लगातार खोजिरहेको छ, तर ठाउँ नै पाएको छैन,’ उनले भने, ‘कि हामी संसद भवन नै खाली गर्दिऊँ त सभामुख महोदय ?’ 

संसद भवन खाली गरेर बाहिर पालमा संसद चलाउन सांसद यादवले माग गरे । संसद भवनमा नभए हायात होटेल राखेको जग्गा खाली गरेर राख्न उनले माग गरे । हायात होटलले ३० हजार रोपनी जग्गा कब्जा गरेर राखेको दाबी गर्दै उनले त्यो खाली गरेर चीनबाट ल्याइने नेपालीलाई त्यहाँ राख्न सुझाब दिए ।  

चीनमा रहेका नेपाली विद्यार्थीलाई नेपाल फर्काउन सरकारले ढिलाइ गरेकाेप्रति व्यंग्य गर्दै उनले ती विद्यार्थी लिन जहाज कहिले उड्छ ? भन्दै सरकारलाई प्रश्न गरेका थिए । 





  • प्रकाशित मिति : माघ २१, २०७६ मंगलबार १५:१०:५०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया