आइसीसी विश्वकप क्रिकेट लिग–२मा नेपाल ओमानसँग पराजित

काठमाडौं– कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको आइसीसी विश्वकप क्रिकेट लिग–२ त्रिकोणात्मक एकदिवसीय सिरिजमा नेपाल ओमानसँग पराजित भएको छ । बुधबार भएको खेलमा नेपाल ओमानसँग १८ रनले पराजित भएको हो । 

ओमानले दिएको १९८ रनको लक्ष्य पछ्याएको नेपालले ओभर बलमा विकेट गुमाउँदै रन बनायो ।

नेपालका लागि शरद भेषवाकरले अर्धशतकीय पारी खेले । १०८ बल खेलेका उनले ८ चौकाको सहयोगमा ५५ रन बनाए । नेपालका लागि दिपेन्द्र सिंह ऐरीले ३६ रन बनाउँदा सन्दीप लामिछानेले २८ र विनोद भण्डारीले २६ रन बनाए । 





  • प्रकाशित मिति : माघ २२, २०७६ बुधबार १६:४०:५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया