अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले महाभियोगमा सफाइ पाए

काठमाडौं– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले महाभियोग मुद्दामा सफाइ पापएका छन् । अमेरिकी सिनेटमा भएको सुनुवाईमा उनलाई सफाइ दिइएका हो । यसका साथसाथै उनलाई ह्वाइट हाउस कार्यालयबाट बाहिर गर्न खोजिएको अभियान समाप्त भएको छ ।

राष्ट्रपति ट्रम्पको रिपब्लिकन पार्टीको बहुमत भएको सिनेटले बुधबार उनीमाथि सत्ताको दुरुपयोग गरेको आरोपमा ५२–४८ भोटले खारिज गरिदिएको हो । साथै, अमेरिकी कंग्रेसलाई अवरुद्ध पारेको विषयमा उनको पक्षमा ४७ मतका विरुद्ध ५३ मत पर्यो । 

अमेरिकामा डेमोक्रेट सांसदले ट्रम्पमाथि आरोप लगाएका थिए कि उनले युक्रेनमाथि आगामि राष्ट्रपति निर्वाचनमा आफ्ना सम्भावित प्रतिद्वन्द्वीलाई समाप्त पार्न दबाब बनाएका थिए । 

यही वर्ष नोभेम्बरमा अमेरिकामा राष्ट्रपति पदका लागि निर्वाचन हुँदैछ । महाभियोगको सामना गरेपछि निर्वाचनमा होमिन लागेका ट्रम्प अमेरिकाका पहिलो राष्ट्रपति हुन् । 

बुधबार भएको ऐतिहासिक मतदानमा सिनेटमा राष्ट्रपति ट्रम्पलाई पदबाट नहटाउने निर्णय भएको हो । उनीमाथि युक्रेनसँगको सम्बन्धमा आफ्नो शक्तिको दुरुपयोग गरेको आरोप लागेको थियो । 

यदि उनीमाथि लागेको आरोप प्रमाणित हुन्थ्यो भने उनले आफ्नो कार्यभार उपराष्ट्रपति माइक पेन्सलाई दिँदै आफ्नो पद त्याग गर्नु पर्ने हुन्थ्यो ।



दोस्रो पटक राष्ट्रपति बन्ने तयारीमा रहेका ट्रम्पले आफूमाथि लागेका यी आरोपबारे चाहिँ यसअघि पनि बारम्बार अस्वीकार गर्दै आएका थिए । 
 



  • प्रकाशित मिति : माघ २३, २०७६ बिहीबार ११:२६:२७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया