के आइफाेनमा अब आउँदैछ ४ क्यामेरा ?

एप्पलले २०२० मा आइफोन १२ सार्वजनिक गर्ने भएको छ । एप्पलले आइफोन १२ चलाउन सजिलो हुने गरी सानो आकारमा सार्वजनिक गर्न लागेको हो । 

यतिबेला एप्पलले सो विषयमा छलफल तथा परामर्श गरिरहेको छ । यस अघि एप्पलले ठूलो डिस्प्ले साइजमा आइफोन सार्वजनि गर्दै आएको थियो । 

फोनएरेनाद्वारा सिर्जना गरिएको आइफोन १२ केही वर्ष अघि सार्वजनिक भएको आइफोन ४ वा ५ जस्तै हुने सीनेटले जनाएको छ । जसमा सार्पर एजेससमेत हुनेछ । 

एप्पलले १२० हर्ज रिफ्रेस रेटको साथमा डिस्प्ले ५.८ इन्चबाट घटाएर ५.४ इन्च बनाउने छ । आइफोन १२ मा पछाडि चार क्यामेरा समावेश गर्ने र फाइभ जी समर्थनको साथ आउने अनुमान गरिएको छ । 

यस अघि आइफोन ११ प्राेमा तीन वटा क्यामेरा समावेश थियो ।





  • प्रकाशित मिति : माघ २५, २०७६ शनिबार ९:१०:५३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया