नेपाल टेलिकमको विन्टर अफर, यस्ता छन् सुविधा

काठमाडौं– नेपाल टेलिकमले विभिन्न प्याकेजसहितको विन्टर अफर उपलब्ध गराएको छ । अफर अन्तर्गतको सेवा कम्पनीको वार्षिकोत्सवदेखि नै लागू गरेको छ भने चैत ३० गतेसम्म उपयोग गर्न सकिन्छ ।

कम्पनीले योभन्दा पहिले उपलब्ध अटम अफरअन्तर्गतका सेवामा केही थप सुविधा तथा नयाँ प्याकेज समेत उपलब्ध गराएर विन्टर अफर ल्याएको हो । जीएसएम प्रिपेड÷पोस्टपेड तथा सीडीएमए प्रिपेड÷पोस्टपेड मोबाइलमा यी अफर प्रयोग गर्न सकिन्छ । कम्पनीले अटम अफरका रूपमा उपलब्ध गराइरहेका अन्य अफरहरू भने विन्टर अफरमा पनि यथावत् छन् ।

नयाँ योजनामा पहिलो पटक नेपाल टेलिकम एप डाउनलोड गर्ने ग्राहकलाई १ सय एमबी डाटा भोल्युम बोनसका रूपमा समेत उपलब्ध गराइएको छ ।

सेवा प्याकेज प्राप्त गर्नका लागि ‘एक्स्ट्रिक १४१५ ह्यास’ डायल गर्न सकिन्छ । कम्पनीको एप ‘नेपाल टेलिकम’ बाट पनि यससम्बन्धी जानकारी लिन तथा सेवा खरिद गर्न सकिने व्यवस्था गरेको छ ।

यस्ता छन् प्याकेज

अल टाइम डाटा प्याक
अल टाइम डाटा प्याक अन्तर्गत १५ रुपैयाँदेखि ७ सय रुपैयाँसम्मका प्याक उपलब्ध छन् । यस अन्तर्गत ६० एमबीदेखि १४ हजार एमबी सम्मका प्याकेज खरिद गर्न सकिन्छ । यी प्याकेज प्रयोग गर्न सकिने समयावधि पनि १ दिनदेखि २८ दिनसम्म हुनेछ ।



डे डाटा प्याक
बिहान ६ बजेदेखि बेलुकी ६ बजेसम्म प्रयोग गर्न सकिने डे डाटा प्याक अन्तर्गत अब १५ रुपैयाँमा २ सय एमबी डाटा प्रयोग गर्न सकिन्छ । साथै १० रुपैयाँमा ८० एमबी डाटा समेत प्रयोग गर्न सकिन्छ । यी दुवै डाटा प्याक खरिद गरेको २४ घण्टाभित्र चलाउन सकिन्छ ।

नाइट डाटा प्याक
बेलुकी ११ बजेदेखि बिहान ६ बजेसम्म चलाउन सकिने नाइट डाटा प्याक १२ रुपैयाँमा ४ सय एमबी खरिद गर्न सकिन्छ । अनलिमिटेड नाइट डाटा प्याक अन्तर्गत १ रातको १८ रुपैयाँ र ७ रातको ९० रुपैयाँमा प्याक उपलब्ध गराइएको छ ।



सोसियल मिडिया प्याक
सोसियल मिडिया प्याक अन्तर्गत सामाजिक सञ्जाल फेसबुक, इन्स्टाग्राम, ह्वाट्सएप र ट्वीटर चलाउन सकिन्छ । यसअन्तर्गत १० रुपैयाँमा ७० एमबी डाटा १ दिन, ३५ रुपैयाँमा २ सय ५० एमबी डाटा ३ दिन र ६५ रुपैयाँमा ६ सय एमबी डाटा ७ दिनका लागि उपलब्ध हुनेछ । यी प्याक जुनसुकै समयमा पनि चलाउन सकिन्छ । 

युट्युब (स्ट्रिमिङ) डाटा प्याक
युट्युब चलाउन १ दिन, ३ दिन र ७ दिन समयावधिका लागि प्याक लिन सकिन्छ । यी प्याक क्रमशः १५ रुपैयाँ, ३० रुपैयाँ र ६० रुपैयाँमा खरिद गर्न सकिन्छ । यसका लागि डाटा भोल्युम क्रमशः ३ सय, ६ सय ५० र १ हजार ४ सय एमबी प्राप्त हुन्छ । 

डे टाइम भ्वाइस प्याक
डे टाइम भ्वाइस प्याक अन्तर्गत अब १५ रुपैयाँमा बिहान ५ देखि बेलुकी ५ बजेसम्म कल गर्न सकिन्छ । त्यसैगरी १० रुपैयाँमा १ सय मिनेटको भ्वाइस प्याक प्रयोग गर्न सकिन्छ । यी प्याक २४ घण्टाभित्र उपयोग गर्न सकिन्छ । 

पोस्टपेड प्याक
जीएसएम पोस्टपेडका लागि विभिन्न प्रकारको प्याक उपलब्ध भइरहेकोमा अब ३ सय रुपैयाँको नयाँ प्याक समेत थप गरिएको छ । यस अन्तर्गत ६ सय २० मिनेट भ्वाइस वा ३ हजार एमबी डाटा लिन सकिन्छ । सो प्याक ३० दिनभित्र प्रयोग गर्न सकिन्छ ।

बिग डाटा प्याक
नयाँ प्याकका रुपमा कम्पनीले बिग डाटा प्याक समेत उपलब्ध गराएको छ । यस अन्तर्गत १ हजार ६ सय रुपैयाँमा ९० दिनका लागि ३० जीबी र ३ हजार रुपैयाँमा १ सय ८० दिनका लागि ६० जीबी डाटा खरिद गर्न सकिन्छ ।
 

  • प्रकाशित मिति : माघ २६, २०७६ आइतबार १८:४८:४९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया