थाहा नदिइ भारतीय कबड्डी टिम पाकिस्तान पुगेपछि हंगामा

एजेन्सी– भारतको एक कबड्डी टिम पाकिस्तान पुगेपछि भारतमा हंगामा भएको छ । यो टिम पाकिस्तानमा भएको खेल आफ्नो माटो, आफ्नो खेल नामको प्रतियोगितामा भाग लिन पाकिस्तान पुगेको थियो ।

भारतको कबड्डी फेडेरेसनले कबड्डी टिमलाई पाकिस्तान जान कुनै स्वीकृति नदिइएको जनाएको छ । 

उनीहरुविरुद्ध कानुनी कारवाही गर्ने तयारी गरिएको पनि फेडेरेसनले जनाएको छ । 

उता, पाकिस्तानमा यो प्रतियोगिताको आयोजकले यसमा आफ्नो कुनै धारणा नरहेको जनाएको छ । यो भारतको आन्तरिक मामला भएको र यसबारे आफूहरुले कुनै प्रतिक्रिया नदिने पाकिस्तानले जनाएको हो ।  
 





  • प्रकाशित मिति : माघ २७, २०७६ साेमबार ०:१३:३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया