एजेन्सी– कोरोना भाइरसले पीडित चिनियाँ नागरिकका लागि अस्पतालमा रोबोटको व्यवस्था गरिएको छ । चीनका अस्पतालमा अब रोबोटले कोरोना भाइरस संक्रमितहरुलाई औषधि र खानेकुरा दिइरहेको छ ।
चीनको यो अद्भुत प्रयोगलाई सामाजिक सन्जालमा चिनियाँ मिडिया पिपुल्स डेलीले सेयर गरेको छ । र, यसको व्यापक चर्चा पनि भइरहेको छ ।
यो घातक बिरामीका कारण चीनमा अहिलेसम्म ८११ मानिसको मृत्यु भइसकेको छ ।
ट्विटरमा पिपुल्स डेलीले सेयर गरेको यो भिडियोमा निकै धेरै सकारात्मक सन्देश आइरहेका छन् । प्रयोगकर्ताहरुले यो प्रयोगले बिरामीलाई निकै ठूलो सहायता पुगेको र यसले कोरोना भाइरस फैलनबाट पनि रोक्ने भन्दै प्रशंसा गरिरहेका छन् ।
A hospital in E China’s Nanjing has put a virus-killing robot to work to combat #coronavirus. The smart robot can turn 360 degrees in tight places to conduct disinfection, keeping medics safe from cross infection. pic.twitter.com/0vNxGn7O9f
— People's Daily, China (@PDChina) February 7, 2020
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।