काठमाडौं– ललितपुरको सानेपामा पूर्वसचिव अर्जुन कार्कीकी पत्नी मुनाको हत्या भएको प्रहरीले अनुमान गरेको छ ।
सो हत्यामा संलग्न भई सोही घरका कामदार विशेष चौधरी आफूले पनि आत्महत्या गरेको हुनसक्ने प्रहरीको भनाइ छ ।
पूर्वसचिवकी पत्नीलाई पिर्काले टाउकोमा हानेर मृतक चौधरी आफू झुण्डिएको प्रारम्भिक अनुसन्धानमा देखिएको छ ।
अर्धचेत अवस्थामा भेटिएकी मुनालाई प्रहरीले स्टार हस्पिटल पुर्याएको थियो । तर, चिकित्सकले केहीबेरपछि मृत घोषणा गरे । प्रहरीले दुवै शवको मुचुल्का गर्दै छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।