बंगलादेशका सेना प्रमुखले भेटे नेपालका रक्षामन्त्री र सेनाप्रमुखलाई

काठमाडौं– उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलसँग आइतबार बंगलादेशका सेना प्रमुख जनरल अजिज अहमदले शिष्टाचार भेटवार्ता गरेका छन् । भेटमा उपप्रधानमन्त्री पोखरेलले दुई देशबीच सन् १९७२ मा कूटनीतिक सम्बन्ध स्थापना भएयता सौहार्दपूर्ण सम्बन्ध रहँदै आएको र द्विपक्षीय सम्बन्ध जनस्तरसम्म विस्तार भएको उल्लेख गरेकाे मन्त्रालयले जनाएको छ । 

दुई देशका सेनाबीच समेत असल र मैत्रीपूर्ण सम्बन्ध रहेको कुरा उल्लेख गर्दै उपप्रधानमन्त्री पोखरेलले संयुक्त सैनिक अभ्यास तथा तालीममार्फत दुई देशको सेनाबीचको सम्बन्धलाई थप सुदृढ बनाउन सकिने विश्वास व्यक्त गरेका थिए ।  

सो अवसरमा ब‌ंगलादेशका सेना प्रमुख अहमदले ब‌ंगलादेशको स्वतन्त्रतालाई समर्थन गर्ने नेपाल सातौँ राष्ट्र रहेको कुरा उल्लेख गर्दै दुई देशबीच विगत पाँच दशकदेखि अत्यन्त घनिष्ट र मैत्रीपूर्ण सम्बन्ध रहेको बताएका थिए । साथै उनले नेपाल र बंगलादेशका सेनाबीच अत्यन्त सौहार्दपूर्ण सम्बन्ध रहेको चर्चा गर्दै द्विपक्षीय सम्बन्धलाई आगामी दिनमा थप सुदृढ बनाउँदै जान आवश्यक रहेको उल्लेख गरेका थिए ।

यसैबीच आजै प्रधानसेनापति पूर्णचन्द्र थापा र बंगलादेशका सेना प्रमुख अहमदबीच पनि शिष्टाचार भेटवार्ता भएको छ । नेपाल भ्रमणमा रहेका सेनाप्रमुख अहमद र प्रधानसेनापति थापाबीच द्विपक्षीय हित तथा पारस्परिक सम्बन्धका विषयमा छलफल भएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ । 





  • प्रकाशित मिति : माघ २७, २०७६ साेमबार १६:४१:५१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया